Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

पुरानोसँग नयाँ मोवाइल साट्ने अफर

पुरानोसँग नयाँ मोवाइल साट्ने अफर

काठमाडौं, ३ बैशाख । नयाँ वर्षको उपलक्ष्यमा दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर सुरु गरेको छ । साथमा ५० प्रतिशतसम्म छुटको ब्याबस्था गरेको छ । एक सातासम्मका लागि एक्सचेञ्ज अफर सुरु गरेको एप्ल वल्र्ड मोबाइलले दशैं तिहारमा सञ्चालन गरेको उपहार कार्यक्रमका बिजेतालाई उपहार समेत हस्तान्तरण गरेको छ ।

दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइलले नयाँ बर्ष २०७५ को अवसरमा मोबाइल एक्सचेञ्ज अफर संचालनमा ल्याएको हो । बैशाख एक गतेदेखि आठ गतेसम्म संचालन हुने नयाँ बर्षमा नयाँ मोबाइल अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।उक्त अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत ५० प्रतिशत छुटको अफर राखिएको एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिए ।
एकै छानामुनी बिश्व बजारमा पाइने २५ भन्दा माथी ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पल वल्र्ड मोबाइलले डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत हुन्छ । यसै बिच एप्पल वल्र्ड मोबाइलका साथै केएल मोबाइल हब चाबहिल, सिटिसी मलमा रहेको द वल्र्ड भिजन, ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा सञ्चालन गगरिएको दशैं दशैं तिहार उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण गरिएको छ । एप्पल वल्र्ड मोबाइल दरबारमार्गमा आयोजित कार्यक्रममा दशँै तिहारको बहार मोबाइल किन्दा उपहारै उपहार योजनाका विजेतालाई उपहार वितरण गरिएको हो ।
दशैं तिहारको उपहार योजनाको पहिलो उपहार यमाहाको मोटरसाइकल नबिन श्रेष्ठले हात पारेका छन् । सफल न्यौपानेले दोस्रो उपहार आइफोन ८, सुरज महर्जनले तेस्रो उपहार अन्तर्गत मलेसिया तथा सिगांपुर ट्रिप हात पारेका छन् । त्यस्तै चौथो उपहार पाउने शिक्षा लामाले भिभो मोबाइल, पाँचौ उपहार विजेता एन्जी शेर्पाले जिटी एस सिक्स मोबाइल तथा छठौ उपहार पाउने रामेश्वर उप्रेतिले लेनेभोको मोबाइल प्राप्त गरेका छन् ।
यूवा नेता दिपेस पुन, चर्चित मोडल तथा नायिका ओसीमा बानु, समाजसेबी एवं ब्याबसायी निराजन सिंह र योङ बिजिनेस इन्टरप्रेनर अलाईभ ग्लाईडरले विजेतालाई उपहार हस्तान्तरण गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x