Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आर्थिक वृद्धिमा दक्षिण एसियाको अगुवाइ, रोजगारी सिर्जना विनाको आर्थिक विकास

आर्थिक वृद्धिमा दक्षिण एसियाको अगुवाइ, रोजगारी सिर्जना विनाको आर्थिक विकास

काठमाडौं, ३ वैशाख । विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिको पछिल्लो अनुमान सार्वजनिक गरेको छ । विश्व बैंकका अनुसार नेपालले चालु आर्थिक वर्षमा ४.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नेछ भने आगामी दुई आर्थिक वर्षहरुमा क्रमशः ४ दशमलव ५ र ४ दशमलव २ प्रतिशतको आर्थिक विस्तार हुनेछ । भूकम्पपछि नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने क्रम देखिए पनि चालु आर्थिक वर्षमा बाढीका कारण कृषि उत्पादन र भौतिक संरचनामा क्षति, निर्यातमा झिनो सुधार, विप्रेषणको वृद्धिदरमा कमी तथा बैंक तथा वित्तिय संस्थाहरुको कर्जाको ब्याजदर उच्च हुँदा लगानी विस्तार प्रभावित भई आर्थिक वृद्धिदर सुस्त हुने भएको हो ।

दक्षिण एसियामा भारतको तीव्र आर्थिक विस्तारका कारण आर्थिक वृद्धिमा दक्षिण एसियाले अगुवाइ गरेको छ । आर्थिक विस्तार तीव्र भएपनि रोजगारी सिर्जनामा त्यसको प्रत्यक्ष लाभ हासिल गर्न सकिएको छैन । विश्व बैंकका अनुसार, भारतीय अर्थतन्त्र सन् २०१८ मा ७ दशमलव ३ र त्यसपछिका लगातार दुई वर्षसम्म ७ दशमलव ५ प्रतिशतले वृद्धि हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x