Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

सेयर बजार १७ अंकले बढ्यो, ५७ करोडको कारोबार

सेयर बजार १७ अंकले बढ्यो, ५७ करोडको कारोबार

काठमाडौं, ३ बैशाख । वर्ष २०७५ सालको दोस्रो कारोबार दिन आज पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज बजार १७.४२ अंकले बढेर १२९७.५७ बिन्दुमा पुगेको छ ।

सो दिन अन्य समूहको परिसूचक १.२१ अंकले घटेपनि अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । बैंकिङ समूहको परिसूचक ४.२८, होटल ५२.१६, विकास बैंक १६.७५, हाइड्रोपावर १२.२३, फाइनान्स १४.७६, इन्स्योरेन्स २९३.२४, उत्पादन तथा प्रशोधन ११.२४ र माइक्रोफाइनान्स ७२.११ अंकले बढेको छ।

त्यस्तै सो दिन एक सय ६७ कम्पनीको ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा प्रभु इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । यो वर्षको पहिलो कारोबार दिन हिजो पनि बजार २.६० अंकले उकालो चढेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x