Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

एक तिहाइ नाघ्यो सरकारको राजस्व संकलन

एक तिहाइ नाघ्यो सरकारको राजस्व संकलन

काठमाडौं, २४ मंसिर । लक्ष्य अनुसार पू्ँजीगत खर्च गर्न नसकेको सरकारको राजस्व संकलन भने लक्ष्य अनुसार नै संकलन हुने देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको बिहीवारसम्मको तथ्यांक अनुसार राजस्व संकलन ३३.२२ प्रतिशत पुगेको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत यस वर्ष कुल ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । आवको ५ महिना पूरा हुँदै गर्दा ३ खर्ब ९२ अर्ब १६ करोड ६८ रुपैयाँभन्दा बढी राजस्व असुली भएको छ ।

सोही अवधिमा कर राजस्वतर्फ ३३.८५ प्रतिशत र गैरकर राजस्वतर्फ २७.२५ प्रतिशत प्रगति भएको छ । चालू आर्थिक वर्षमा कर राजस्वतर्फ १० खर्ब ६७ अर्ब ९६ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा ३ खर्ब ६१ ऋर्ब ४६ करोड र गैरकरतर्फ १ खर्ब १२ अर्ब ६३ करोड असुलीको लक्ष्य राखिएकोमा ३० अर्ब ६९ करोड ८२ लाख रुपैयाँ संकलन भएको कार्यालयको तथ्यांक छ ।

चालू आर्थिक वर्षको हालसम्ममा कुल बजेट खर्च भने २२.३५ प्रतिशत रहेको छ, जसमध्ये चालू खर्च २९.५८ प्रतिशत र पू्ँजीगत खर्च ६.०६ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x