Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

भूकम्पपछिको पुनर्निर्माण : ६ वर्षमा ९० प्रतिशत प्रगति

भूकम्पपछिको पुनर्निर्माण : ६ वर्षमा ९० प्रतिशत प्रगति

काठमाडौं, २४ मंसिर । भूकम्पपछिको पुनर्निर्माणमा ६ वर्ष अवधिमा ९० प्रतिशत प्रगति भएको जानकारी दिइएको छ । भूकम्पपछिको पुनर्निर्माणका क्रममा प्राप्त अनुभव र सिकाइ अन्तरराष्ट्रिय समुदायलाई हस्तान्तरण गर्न आयोजित सम्मेलनका क्रममा यस्तो जानकारी दिइएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको सम्मेलनको पुनर्निर्माणमा सञ्चार माध्यमको भूमिका विषयक सत्रमा वक्ताले आलोचनात्मक विषयवस्तु सार्वजनिक गरेर सञ्चारजगत्ले भूकम्पपछिको पुनर्निर्माण सफल बनाउन सहयोग गरेको बताइएको छ ।

कार्यक्रममा पूर्वसचिव एवं प्राधिकरण निर्देशक समिति सदस्य किशोर थापाले आमसञ्चार माध्यमले आलोचनात्मक भएर पुनःनिर्माणलाई सही बाटोमा अघि बढाउन सहयोग गरेको बताए ।

सो अवसरमा प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले छ वर्षे पुनःनिर्माण अवधिमा सञ्चारमाध्यममा आएका समाचारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा कार्यपत्र प्रस्तुति सत्र सकिएको छ । विभिन्न २० वटा सत्रमा निजी आवास, स्वास्थ्य संस्था, विद्यालय, सरकारी भवन, पूर्वाधार, सांस्कृतिक सम्पदालगायत सत्रको आयोजना गरिएको थियो । सम्मेलनमा जुम र भौतिक गरी करिब एक हजार जनाको सहभागिता रहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x