Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सेञ्चुरी बैंकद्धारा सीमान्तकृत वर्गका विद्यार्थीलाई कम्बल वितरण

सेञ्चुरी बैंकद्धारा सीमान्तकृत वर्गका विद्यार्थीलाई कम्बल वितरण

काठमाडौं, २३ मंसिर । सेञ्चुरी कमर्सियल बैँकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिमान्तकृत वर्गका विद्यार्थीहरुको लागि न्यानो कम्बल वितरण गरेको छ । बैंकले काभ्रेपलाञ्चोकको सिमान्तकृत बालबालिकाहरुलाई उच्च शिक्षा तथा सीपमुलक तालिम प्रदान गर्ने कुमार बलराम स्मृती छात्राबासका ४९ जनालाई न्यानो कम्बल बितरण गरिएको हो ।

उक्त कार्यक्रममा लक्ष्मि प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम खरेल, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रबन्धक राजेश श्रेष्ठ लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायत विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x