Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

महालक्ष्मी विकास बैंक ग्राहकलाई लाइफ केयर हेल्थ सेन्टरमा छुट

महालक्ष्मी विकास बैंक ग्राहकलाई लाइफ केयर हेल्थ सेन्टरमा छुट


काठमाडौं, २३ मंसिर । महालक्ष्मी विकास बैंक र लाइफ केयर हेल्थ सेन्टरबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले लाइफ केयर हेल्थ सेन्टरमा ओपीडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसीजी र औषधिमा आर्कषक छुट प्राप्त गर्ने भएका छन् । यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १ सय ३ वटा शाखामार्फत ६ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो बनाउने उद्देश्यले भिजा, ईएमभी चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड उपलब्ध गराउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x