Date

सोम, भदौ १६, २०८२
Mon, September 1, 2025

सामसुङले नेपालमा सार्वजनिक गर्यो ग्यालेक्सी ए १७ ५ जी, एआई सुविधा र टिकाउपनमा केन्द्रित

सामसुङले नेपालमा सार्वजनिक गर्यो ग्यालेक्सी ए १७ ५ जी, एआई सुविधा र टिकाउपनमा केन्द्रित

काठमाडाैं, १५ भदाै । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए-सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ। नयाँ मोडलको मूल्य रु ३४,९९९ (८/२५६ जीबी), रु ३०,९९९ (८/१२८ जीबी) र रु २८,९९९ (६/१२८ जीबी) तोकिएको छ।

ग्यालेक्सी ए १७ ५ जी मा ६.७-इन्च सुपर अमोल्ड डिस्प्ले ९० हर्ट्ज रिफ्रेस रेटसहितको हल्का र पातलो डिजाइन छ। क्यामेरा सेटअपमा ५० एमपी ओआईएस मुख्य क्यामेरा, ५ एमपी अल्ट्रा-वाईड र २ एमपी म्याक्रो लेन्स रहेका छन्, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ।

फोनमा जेमिनाइ इंटिग्रेशन, जेमिनाइ लाइभ र सर्कल टु सर्च जस्ता एआई टुलहरू उपलब्ध छन्, जसले दैनिक जीवनलाई स्मार्ट र सहज बनाउने कम्पनीको लक्ष्य हो।

सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “ए १७ ५ जी मार्फत हामीले उपभोक्तालाई एआई-सञ्चालित प्रविधि, सहजता र व्यक्तिगत अनुभव उपलब्ध गराउने लक्ष्य राखेका छौं। प्रिमियम नवप्रवर्तनलाई सबैले अनुभव गर्न पाउनुपर्छ भन्ने हाम्रो विश्वास हो।”

सुरक्षामा पनि ध्यान दिइएको छ। यसमा गोरिल्ला ग्लास भिक्टस र आईपी ५४ डस्ट तथा स्प्ल्यास रेजिस्टेन्स, साथै छ वर्षको सुरक्षा अपडेट र छ ओएस अपग्रेड सुविधा उपलब्ध छ।

सामसुङले यस मोडलमार्फत नेपालमा आफ्नो मिड-रेन्ज पोर्टफोलियोलाई मजबुत बनाउँदै, एआई इनोभेशन, स्टाइल, प्रदर्शन, टिकाउपन र पहुँचयोग्यताको उत्कृष्ट संयोजन उपभोक्तासामु ल्याएको जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *