Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

रोकिएन शेयर बजारको घट्दो क्रम, कारोबारमा झीनो सुधार

रोकिएन शेयर बजारको घट्दो क्रम, कारोबारमा झीनो सुधार

काठमाडौं, २३ मंसिर । मंगलवारदेखि लगातार घट्न थालेको शेयर बजारको ओरालो यात्रा साताको अन्तिम कारोबार दिन पनि कायमै रह्यो । अघिल्लो दिन ५३.१० अंकले घटेको नेप्से परिसूचक बिहीवार ५.८४ अंकले घटेर २४४९.९७ अंकमा बन्द भएको छ ।

बिहीवार २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ?पैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन २ अर्ब ६६ करोड ३९ लाख ?पैयाँभन्दा बढीको कारोबार भएको थियो ।

घटेको बजारमा बिहीवार सर्वाधिक नाफा कमाउनेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड रहेको छ । यस कम्पनीको शेयरमूल्य ४.५५ प्रतिशतले बढेको छ । यस्तै शेयरमूल्य धेरै गुमाउनेमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ, जसको शेयरमूल्य ५.८२ प्रतिशतले घटेको हो ।

यसैगरी कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी कम्पनी रहेको छ । यस कम्पनीको ८ करोड ८५ लाख ?पैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x