Date

सोम, भदौ १६, २०८२
Mon, September 1, 2025

घरजग्गा बजार पुनः चलायमान, बैंक कर्जा प्रवाह बढ्यो

घरजग्गा बजार पुनः चलायमान, बैंक कर्जा प्रवाह बढ्यो

काठमाडाैं, १६ भदाै । केही वर्षदेखि सुस्ताएको घरजग्गा बजार फेरि सक्रिय हुन थालेको छ। नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार, रियल स्टेट क्षेत्रमा विभिन्न शीर्षकमा कर्जा प्रवाहमा उल्लेख्य वृद्धि भएको देखिन्छ।

सस्तो ब्याजदर, पर्याप्त तरलता र बजारमा पुन: विश्वास फर्कन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरू व्यक्तिगत आवास, व्यावसायिक कम्प्लेक्स, जग्गा खरिद र प्लटिङमा कर्जा प्रवाह बढाउन आक्रामक बनेका छन्। राजधानी काठमाडौं लगायतका शहरहरूमा घरजग्गा कारोबार विस्तारै चलायमान हुँदै आर्थिक गतिविधिमा ऊर्जा थपेको देखिन्छ।

राष्ट्र बैंकका अनुसार, व्यक्तिगत घर कर्जा (१ करोड ५० लाखसम्म) ८ प्रतिशत वृद्धि भई ४ खर्ब १७ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम ३ खर्ब ८७ अर्ब १ करोड ६१ लाख रुपैयाँ थियो। यसरी एक वर्षमा बैंक तथा वित्तीय संस्थाले थप ३० अर्ब ५४ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

रियल स्टेट कर्जा पनि २.९२ प्रतिशत वृद्धि भई २ खर्ब ७५ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ पुगेको छ। यसमा बैंकहरूले थप ७ अर्ब ८३ करोड ६ लाख रुपैयाँ प्रवाह गरेका छन्।

व्यावसायिक कम्प्लेक्समा जाने कर्जा २७.४८ प्रतिशत वृद्धि भई १२ अर्ब २ करोड ५० लाख रुपैयाँ पुगेको छ। अन्य शीर्षकको रियल स्टेट कर्जा पनि ५.८६ प्रतिशत बढेर १ खर्ब ६१ अर्ब ८० करोड ८५ लाख रुपैयाँ कायम भएको छ।

जग्गा खरिद तथा प्लटिङमा जाने कर्जा ४.९८ प्रतिशत वृद्धि भई ६२ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ पुगेको छ। नखुलाइ स्वीकृत ५० लाख वा सोभन्दा बढीको कर्जा पनि ७.१९ प्रतिशत वृद्धि भई ६६ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ कायम भएको छ।

यसैगरी, अन्य शीर्षकको रियल स्टेट कर्जा ४.९ प्रतिशत वृद्धि भई ३२ अर्ब ५३ करोड ३२ लाख र आवासीय तथा व्यावसायिक अपार्टमेन्ट निर्माण कर्जा ०.५७ प्रतिशत बढेर ३३ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *