Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नबिल बैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

नबिल बैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक

काठमाडौं, २३ मंसिर । नबिल बैंकले आधिकारिक रूपमा ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजिबैंक पार्टलमार्फत बैंकका ग्राहकहरूले एकद्वार (सिंगल विन्डो) मार्फत अनलाइन सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत आप्mनो उत्पादन सेवालाई स्वचालित बनाइएको बैंकले बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बिहीवार आयोजित एक कार्यक्रम बिच नबिल डिजिबैंक पोर्टलको सुरुवात गरेका छन् ।

कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब साँच्चिकै डिजिटल बैंकको रूपमा विकास भएको सीईओ शाहले बताए । विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुंगा पार गरेर देखाएको भन्दै उनले बैंकका विभिन्न उपलब्धि मध्ये नबिल डिजिबैंक पनि एक रहेको जानकारी दिए ।

बृहत् डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरेको बैंकले नबिल डिजिबैंक पोर्टलमार्फत उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको सीईओ शाहले बताए ।

नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट डेबिट क्रेडिट कार्ड अनरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेलरएसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छ । साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको छ ।

उक्त अवसरमा सीईओ शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्ड लगायतका थप दुई नया अनलाइन सेवाहरू समेत सार्वजनिक गरेका छन् । भीकेवाइसीको सुरुवातसंगै ग्राहकहरूसंग केवाइसी प्रमाणीकरणका लागि बैंकका शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको छ । भीकेवाईसी छनोटमार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्वनिर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान सम्बन्धी अभ्यास पूरा गर्नुपर्ने बताइएको छ ।

साथै नबिल भच्र्युअल आईकार्ड नबिल स्मार्टबैंक एपभित्र इम्बोष्ट गरिएको सेवा हो, जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भच्र्युअल आईकार्डका लागि आवेदन दिन सक्ने बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x