८८.७० अंकले घट्यो शेयर बजार, ३ अर्बभन्दा बढीको कारोबार
काठमाडौं, २६ मंसिर । साताको पहिलो कारोबार दिन शेयर बजार ८८.७० अंकले घटेको छ । २४४९.९७ अंकबाट कारोबार खुलेकोमा घट्दै गएर नेप्से परिसूचक २३६१.२७ अंकमा बन्द भएको छ ।
यस दिन ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स समेत १५.१५ अंकले घटेर ४५०.०८ अंकमा आइपुगेको छ । यस दिन कारोबारमा आएका सबै समूहको उपसूचक राताम्मे भएका छन् ।
आइतवार २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड २५ लख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । घटेको बजारमा युनिलिभर नेपाल लिमिटेड कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यस कम्पनीको शेयरमूल्य २ प्रतिशतले बढेको हो । यस्तै सर्वाधिक गुमाउनेमा नयाँ सारथि लघुवित्त वित्तीय संस्था रहेको छ, जसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा कम्पनी मञ्जुश्री फाइनान्स लिमिटेड अग्रस्थानमा छ । यस कम्पनीको १९ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको हो । यस्तै सर्वाधिक कित्ता शेयर किनबेच हुनेमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ, जसको ३ लाख ८९ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो ।