बैंक तथा वित्तीय संस्थामा ३ करोड ९४ लाख नाघ्यो निक्षेप खाता
काठमाडौं, २६ मंसिर । मुलुकमा सञ्चालित बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको निक्षेप खाता संख्या ३ करोड ९४ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा गरी कुल निक्षेप खाता संख्या ३ करोड ९४ लाख १३ हजार ५५५ पुगेको छ ।
सो अवधिमा वाणिज्य बैंकमा मात्रै ३ करोड ४२ लाख ६७ हजार ४६४ निक्षेप खाता रहेका छन् । यस्तै विकास बैंकमा ४६ लाख २ हजार ३२ र वित्त कम्पनीमा ५ लाख ४४ हजार ५८ निक्षेप खाता रहेका छन् ।