Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

धागोमा चोरी पैठारी रोक्न माग 

धागोमा चोरी पैठारी रोक्न माग 
काठमाडौं, ४ बैशाख । १५ अर्ब रुपैयाँ लगानी रहेको नेपाली धागो उद्योगमा विदेशबाट कच्चा पदार्थ आयात गरी स्वदेशमै धागो उत्पादन गरी १० हजार जनालाई रोजगारी दिदै आएको छ । तर खुल्ला सिमाका कारण लुकाई छिपाई  ल्याइने धागोले नेपाली उद्योगहरु संकटमा परेको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्याणले बताए ।
उद्योगले आफ्नो औद्योगीक क्षमताको पुर्ण रुपमा उपभोग गरी उत्पादन गर्न नसकेको हुदा विदेशमा बजार खोजी ८० प्रतिशत धागो निर्यात गरिरहेको जानकारी उिनले दिए । तर नेपालमा मुख्यतया चिन र भारतबाट आयात हुने कम लागतको धागो तथा न्युन विजकीकरण तथा चोरी निकासीले प्रतिस्पर्धा गर्न नसक्दा धागो उद्योग बन्द हुने अवस्था आउनसक्ने उनले बताए । संघले अवैध रुपमा आयात हुदै आएको धागोलाई निरुत्साहित गर्न भन्सार विन्दुमा कडाइ गरी न्युन विजकीकरणलाई निरुत्साहित गर्न माग गरेको अध्यक्ष गोल्यानले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
विगत ३ बर्षको तथ्याङ्क हेर्दा आर्थिक बर्ष २०६९,७० भन्दा २०७०,७१ मा ९.५० प्रतिशत र २०७१,७२ मा २९ प्रतिशत बिक्री घट्दो क्रममा रहेको छ । विदेशमा धागो ठुलो परिणममा उत्पादन हुने हुँदा लागत कम पर्न जाने र आयातित धागोसँंग प्रतिस्प्रर्धा गर्न कठिन भएको उनले बताए । साथै भारतीय बजारबाट ठुलो परमाणमा धागो नेपालमा डम्पिङ भएको स्थिती तत्काल रोकी स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउन जरुरी रहेको बताए ।
हाल नेपालमा ४ वटा धागो उद्योगहरु मात्र संचालनमा  रहेका छन् । नेपालमा बार्षिक ४५ करोड मिटर कपडा खपत हुने गरेको र जसमध्ये नेपालमा १० करोड मिटर मात्र उत्पादन भइ ३५ करोड मिटर बाहिरबाट आयात हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x