Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनको अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनको अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित

ललितपुर, ४ पुस । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन् । एसोसिएसनको १३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्र विक्रम राणा, सचिवमा बुद्घकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द निर्वाचित भएका छन् । यसैगरी एसोसिएसनका सहस्यहरुमा शिशिर गैरे, प्रवेश पौडेल, अमर चन्द्र निराला र दिपक रानाभाट रहेका छन् ।

एसोसिएसनको संस्थापक महासचिवहुँदै ढकालले धेरै पटकको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x