Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेशनल लाइफद्वारा वरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाइफद्वारा वरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

पोखरा, ४ पुस । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्रान्डी होटलमा सम्पन्न गरेको छ ।

कम्पनीको अभिकर्ता बार्षिक कार्यक्रम अन्र्तगत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपाल भरबाट आर्थिक वर्ष २०७७÷०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७÷७९ प्रदान गरेकी छिन् । उक्त कार्यक्रममा देशभरबाट आ. व. २०७७÷०७८ मा आफ्नो ब्यक्तिगत ब्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितिय र युवराज वास्तोला तृतिय भएका थिए । यसै गरी अभिकर्ता सन्जालको आधारमा निलु पूर्वे प्रथम, रत्न बहादुर खत्री द्वितिय र टिका प्रसाद खरेल तृतिय भए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कार्यक्रममा स्वागत भाषण गर्दै कम्पनीले अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरणको लागि आवश्यक लगानी गर्न कम्पनी तयार रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष एवं चियरपर्सन क्लब सम्मान कार्यक्रमका सभापति प्रेमा राज्यलक्ष्मी सिंहले यस्ता कार्यक्रमहरुबाट देशैभरि रहेका अभिकर्ताहरुलाई आफ्नो व्यवसायिक दक्षता बृद्धि गरी व्यवसायिक सफलता हासिल गर्न कोशेढुंगा सावित हुने विचार व्यक्त गरिन् ।

कार्यक्रममा कम्पनी अध्यक्ष सिंहले एक नयाँ बीमालेख जीवन श्री सावधिक अमृत बीमा योजनाको शुभारम्भ गर्दै सो बीमा योजनावाट जोखिम बहन पनि हुने, बचत पनि हुने र बीमाको अवधि समाप्ती पछि ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले आयश्रोतको रुपमा उपलबध हुने यस बीमा योजनावाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउनेमा सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x