Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आयातित अनावश्यक वस्तु थुप्रिन नदिन एलसीमा कडाइ : गभर्नर

आयातित अनावश्यक वस्तु थुप्रिन नदिन एलसीमा कडाइ : गभर्नर

काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाहिरबाट आउने सामाग्री नेपालमा भन्डारण नहोस् भन्नका लागि ऋणका लागि पत्र (एलसी)मा केही कडाई गरेको बताएका छन् ।

नेपाल राष्ट्रद्धारा काठमाडौंमा बुधबार आयोजित अन्तरक्रियामा उनले एलसीमा कडाई नभएर अनुशासनमा पुर्याउने प्रकृया भएको दाबी गरे ।

कार्यक्रममा अनुसन्धान विभागका प्रमुख डा प्रकाशकुमार श्रेष्ठले आर्थिक क्रियाकलाप बढेपनि मूल्यबृद्धिदर निर्धारण गरेको लक्ष्यभन्दा कम हुने जानकारी दिए । कोभिडपछि विदेशमा मूल्यबृद्धिदरमा ठूलो चाप परेपनि नेपालले त्यो भोग्न नपरेको उनको भनाइ छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा चुनौती भएपछि पछिल्लो समय घटेको कारण केही राहत भएको उनले टिप्पणी गरे ।

५ महिनामा १ खर्ब ५ अर्बले निक्षेप बढ्दा कर्जा ४ खर्ब ३५ अर्बले कर्जा बढेको छ । पुस लागेपछि भने कर्जाको तुलनामा निक्षेप बढेको जानकारी राष्ट्र बैंकले दिएको छ । पुस १ देखि ५ गतेसम्ममा १६.८ अर्ब निक्षेप बढ्दा कर्जा ४ अर्बले बढेको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पुस ५ गतेसम्म अस्थायी तरलता सुविधामार्फत रु. २५०० अर्ब, ओभरनाइट रिपोटमार्फत रु. ६९ अर्ब, रिपोमार्फत रु. २२० अर्ब र सोझै खरिदमार्फत रु. २७ अर्ब रुपैयाँ प्रवाह गरिएको जनाएको छ ।

२०४२ सालमा मुलुकको शोधनान्तर अवस्था बिग्रिएपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले रेस्क्यू गरेर अर्थतन्त्र बचाएको हो । २०५८ सालमा पनि शोधनान्तर नराम्री बिग्रिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x