Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

९२.१६ अंकले उक्लियो शेयरबजार, कारोबार समेत बढ्यो

९२.१६ अंकले उक्लियो शेयरबजार, कारोबार समेत बढ्यो

काठमाडौं, ७ पुस । साताको तेस्रो कारोबार दिन बुधवार शेयर बजार ९२.१६ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ३.८२ प्रतिशतले बढेर २५०७.७० अंकमा पुगेर बन्द भएको हो ।

यस दिन २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बुधवार व्यापार समूहको उपसूचक सर्वाधिक ८.२३ प्रतिशतले बढेको छ । यस दिन अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिवम् सिमेन्ट, अप्पर तामाकोशी हाइड्रोपवार कम्पनी र वरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ । सर्वाधिक मूल्य गुम्नेमा भने नबिल डिम्बेन्चरको ४.५९ प्रतिशतले ह्रास आएको छ ।

यस्तै कारोबार रकमका आधारमा अग्रस्थानमा हिमालयन डिस्टिलरी कम्पनी रहेको छ । यस कम्पनीको ६८ करोड ३४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस दिन सबै समूहको उपसूचक बढेर बन्द भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x