Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

धनगढी विमानस्थलको लागि १ अर्ब बजेट

धनगढी विमानस्थलको लागि १ अर्ब बजेट

काठमाडौँ, १३ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीस्थीत धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

क्षेत्रीय स्तरको विमानस्थल बनाउन जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।

बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमान स्थलका रूपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५० बिघा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए ।

उनले भने, ‘धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन नक्सा पास गरी र जग्गा अधिग्रहण गर्ने प्रस्ताव पारित भएको छ, अब चाँडै मन्त्रिपरिषद्मा लैजाने छौँ ।’ उक्त प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएपछि धनगढीमा क्षेत्रीय विमानस्थलको काम अघि बढ्ने प्राधिकरणको दाबी छ । प्रेम आले पर्यटन मन्त्री भएलगत्तै धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउने प्रतिबद्धता जनाएअनुसार उक्त बजेट विनियोजन भएको हो ।

धनगढीमा क्षेत्रीय विमान स्थल बनेपछि सुदूरपश्चिम प्रदेशकै विकास तथा जनजीवनमा फड्को मार्ने आशा कैलालीबासीको छ ।

यसैगरी उक्त बैठकले अछामको साँफेबगर, कमलबजार, डोटीको दिपायल, कैलालीको टीकापुर र डडेलधुरासमेतमा विमास्थलको धावन मार्ग विस्तार तथा टर्मिनल भवन निर्माण गर्नुका साथै बीमान संचालन गरिने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x