Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

नेपाली ऊलन सामग्रीको व्यवसाय बढ्दो, कोभिडपूर्वको अवस्थामा अझै फर्किन सकेन

नेपाली ऊलन सामग्रीको व्यवसाय बढ्दो, कोभिडपूर्वको अवस्थामा अझै फर्किन सकेन

टीकाराम गौतम

काठमाडौं १९ पुस । कोरोना संक्रमणको दर तुलनात्मक रूपमा कम भएसँगै नेपाली ऊलन सामग्रीको व्यापार बढेको छ । कोभिड संक्रमण उत्कर्षमा पुगेका बेला यस्ता सामग्रीको व्यवसायमा ठूलो ह्रास आएकोमा संक्रमण घट्दै गएपछि व्यवसाय सुधारोन्मुख रहेको व्यवसायीले बताएका छन् ।
ऊलन सामग्रीको बजार बढ्दै गए पनि यो व्यवसाय कोभिडपूर्वको अवस्थामा भने पुगिनसकेको सम्बद्ध व्यवसायीको भनाइ छ । काठमाडौंको भोटाहिटीस्थित नेपाल ऊल हाउसका अनुसार कोभिड मध्य समयको तुलनामा अहिले व्यापार २५–३० प्रतिशतले बढेको, तर कोभिडअघिको तुलनामा भने अझै ३०–४० प्रतिशत कम रहेको छ ।
सामान्य अवस्थाको तुलनामा जाडोयाममा ऊलबाट बनेका सामग्री बढी विक्री हुने गर्छ । ‘पछिल्लो समय ऊलबाट बनेका सामग्रीको व्यापार क्रमिक बढेको छ,’ नेपाल ऊल हाउसका सञ्चालक दिपेश तुलाधरले भने, ‘नेपाली ऊलन सामग्रीको डिजाइन एवं फिनिसिङ राम्रो भएकाले पनि गाह्रकको रुचिमा परेको छ ।’
सञ्चालक तुलाधरका अनुसार केही वर्ष अघिसम्म आयातित उलन सामग्रीको विक्री बढी हुने गरेकोमा पछिल्लो समय स्वदेशमै बनेका यस्तो वस्तुको बजार बढ्दै गएको छ । नेपालमा बन्ने ऊलन सामग्रीको अधिकांश कच्चापदार्थ (ऊल, धागो लगायत) भने चीन र भारतबाट आउने गरेको व्यवसायी बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x