शेयर बजारको यात्रा उकालोमा अन्तिम दिन
काठमाडौं, २२ पुस । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबारले उकालो यात्रामा लागेको छ ।
कारोबार हुने साताको अन्तिम दिन बिहिबार बजार परिसुचक ४३.२९ अंकले बढेर बजार २६९२.४७ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशतले धेरै रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार यो साता १ सय ६७.९९ अंकको उकालो लागेको छ ।
यो साता शेयर बजारमा ३ दिन लगातार माथि उक्लेको थियो । कारोबार हुने चौथो दिन हिजो बुधबार भने ३०.७५ अंकले ओरालो लागेको थियो ।
गत आइतबार र सोमबार दुई दिनमा ९२.४४ अंकको सुधार देखिएको बजार मंगलबार पनि ६३.०१ अंकले बढेको थियो ।
अन्तिम दिन बिहीबार कूल २ सय २३ कम्पनीको ४८ हजार १ सय ६१ करोबारबाट ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३ सय ४९ रुपैयाँ बराबरको ७३ लाख ३६ हजार ३ सय ३४ कित्ता शेयर किनबेच भए ।
बिहिबारको कारोबाारमा १ सय ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने २३ कम्पनीको घटेको छ । यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको स्टक एक्सचेञ्जको तत्थ्यांकमा उल्लेख छ ।