Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

७३.०१ अंकले बढ्यो शेयर बजार, ७ अर्ब १० करोडको कारोबार

७३.०१ अंकले बढ्यो शेयर बजार, ७ अर्ब १० करोडको कारोबार

काठमाडौं, २५ पुस । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार ७३.०१ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २.७१ प्रतिशतले बढेर २७६५.४७ अंकमा पुगेको हो ।

यस दिन २३९ वटा कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १० करोड १८ लाख रुपैयाँभन्दाको कारोबार भएको छ । यस दिन सबै समूहको उपसूचक बढेका छन् ।

आइतवार सर्वाधिक शेयरमूल्य बढ्नेमा हिमालयन ऊर्जा विकास कम्पनी र नेपाल हाइड्रो डेभलपर्स लिमिटेड रहेका छन् । यी दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस्तै सर्वाधिक मूल्य गुमाउनेमा नेपाल एसबिआई बैंक डिबेन्चर २०७८ रहेको छ, जसको शेयरमूल्य १.४२ प्रतिशतले घटेको हो । कारोबार रकमका आधारमा भने अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ । यस कम्पनीको २९ करोड लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x