नेपाल लाइफको सिनियर डीसीइओमा पराजुली
काठमाडौं, २६ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीइओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । पराजुलीले आइतबारबाट सिनियर डीसीओको कार्यभार सम्हालेका हुन् । विगतका अनुभवहरुका आधारमा थप कार्यक्षमता प्रस्तुत गर्ने प्लेटफर्मको रुपमा नेपाल लाइफलाई लिएको पराजुलीले बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता उनले व्यक्त गरे । नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको भन्दै उनले यसलाई अवसरका रुपमा लिएको बताए । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीइओ) थिए ।