Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव

काठमाडौं, २६ पुस । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई भेटेर दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि बढाउन प्रस्ताव गरेका हुन् । नयाँ मूल्य सिफारिस गर्न गठित समितिले नै प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउन प्रस्ताव गरेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए ।

यसअघि दूधको नयाँ मूल्य प्रस्ताव गर्नका लागि पन्तको नेतृत्वमा डीडीसी, पशु सेवा विभाग, डेरी उद्योग संघ, डेरी एसोसिएसन र किसानको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको थियो । यस्तै, बाग्मती प्रदेशको दुग्ध विकास बोर्डले पनि दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन सिफारिस गरेको छ । किसानलाई दूध उत्पादनको लागत बढिरहेको भन्दै प्रदेश दुग्ध विकास बोर्डको बैठकले किसानले नै कम्तीमा प्रतिलिटर १० रुपैयाँ मूल्य पाउनेगरी मूल्य वृद्धि गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x