Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

बैंक अफ काठमाण्डूका ग्राहकलाई ‘द सुशी बार मल्टिफ्युजन कुजिन’मा १० प्रतिशत छूट

बैंक अफ काठमाण्डूका ग्राहकलाई ‘द सुशी बार मल्टिफ्युजन कुजिन’मा १० प्रतिशत छूट

काठमाडौं, २६ पुस । बैंक अफ काठमाण्डू लिमिटेड र द सुशी बार मल्टिफ्युजन कुजिनबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छूट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले द सुशी बार मल्टिफ्युजन कुजिनमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ट १० प्रतिशत छुट पाउनुहुनेछ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । द सुशी बार मल्टिफ्युजन कुजिनले काठमाडौंस्थित छाँया सेन्टर, ठमेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x