Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

कामना सेवा विकास बैंक र नमस्ते–पेबीच अनलाइन भुक्तानीको लागि साझेदारी

कामना सेवा विकास बैंक र नमस्ते–पेबीच अनलाइन भुक्तानीको लागि साझेदारी

काठमाडौं, २६ पुस । कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते–पेबीच साझेदारीबारे सम्झौता भएको छ । दुई संस्थाबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदानप्रदान गर्नेगरी सम्झौता भएको हो ।

उक्त साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते–पेका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

यस सुविधामार्फत बैंकको मोबाइल बैकिङ सेवा लिएका ग्राहकहरुले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङमार्फत नमस्ते–पेमा फन्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतीय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्नेलगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्नेछन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र एउटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *