Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

सीमा नाकाबाट भित्रिनेको व्यवस्थापन चुनौतीपूर्ण

सीमा नाकाबाट भित्रिनेको व्यवस्थापन चुनौतीपूर्ण

धनगढी, २८ पुस । पछिल्ला दिनमा कोरोना सङ्क्रमण दर बढेसँगै सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रिने नागरिकको सहज व्यवस्थापन गर्न चुनौती देखिएको छ । भित्रिने कतिपय व्यक्तिबाट अटेरी स्वभाव देखाउँदै धम्क्याउनेसम्मका व्यवहार भइरहँदा सहजरूपमा व्यवस्थापन गर्ने काममा चुनौती देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीले बताएका छन् । गौरीफन्टा सीमा नाका नजिकको डोकेबजारमा खटिएका प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भित्रिने कतिपय व्यक्तिबाट जोरजबर्जस्ती गर्ने र धम्क्याउने व्यवहार भइरहँदा आफूहरुले हैरानी खेप्नुपरेको बताए ।

खुला सीमाका साथै भित्रिने नागरिकबाट भइरहेको व्यवहारबाट कोरोना सङ्क्रमण रोकथाम निकै चुनौतीपूर्ण बनेकाले यो रोगको रोकथामका लागि नाका नै बन्द गर्न आवश्यक देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीको सुझाव छ ।

भित्रिने नागरिकलाई धनगढीको कनरीमा स्थापना गरिएको आइसोलेसनमा पठाउने गरिएकामा पछिल्ला दिनमा भित्रिने कतिपयलाई होम आइसोलेसनमा समेत पठाउने थालिएको छ । भित्रिने धरै नागरिकलाई सम्बन्धितका अभिभावकको जिम्मा लगाएर सुरक्षितरूपमा होम आइसोलेसनमा पठाउने गरिएको छ ।

कोरोनाको जोखिम बढे पनि सीमापारि भारतको गौरीफन्टा नजिकको वनगाउँ, पलियालगायतका बजारमा किनमेल गर्न जानेहरु घटेका छैनन् । उनीहरुको नमूना परीक्षणसमेत हुने गरेको छैन । जसका कारण यो रोगको सङ्क्रमण रोकथाममा थप चुनौती देखिएको छ । पछिल्ला दिनमा कोरोना सङ्क्रमणको बढी समस्या देखिएको भारतबाट सीमा नाका हुँदै भित्रिनेको सङ्ख्या बढ्दै जाँदा उनीहरुको सहज व्यवस्थापन गर्न चुनौती देखिएको हो ।

भित्रिने सबै नागरिकको एन्टिजेन परीक्षण गर्नमा सचेतता अपनाइएको भए पनि कतिपय व्यक्ति नमूना परीक्षण नगरी कर्मचारी र प्रहरीलाई छलेर भित्रिने गरेका पनि छन् । त्रिनगर सीमा नाका हेल्थ डेस्कका प्रमुख अहेब गणेश साउदले भने, “नाका हुँदै भित्रिने कतिपय नागरिकबाट नमूना परीक्षण गराउन बेवास्ता भइरहँदा जोखिम रोकथाम गर्न निकै कठिन भएको छ ।”

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x