शेयर बजारमा लगातार वृद्धि
काठमाडौं, २७ पुस । बैंकलाई तिर्ने किस्ता र ब्याजको दबाबबीच पुस अन्तिम साता शेयर बजार लगातार उकालो लागेको छ । बैंकमा लगानीयोग्य रकम बढ्न थालेपछि शेयर बजारमा प्रभाव परेको छ ।
दुई सातादेखि लगातार बढ्न थालेको शेयर बजार यो साताको तेस्रो दिन पनि उत्साह छाएको छ । आइतबार ७३.०५ अंकले बढेको बजार सोमबार १९.३४ अंकले बढेको थियो। मंगलबार ४९.१९ अंकले बढेर २८३४.१३ अंक पुगेको छ । ६ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको बजारमा १ करोड १९ लाख कित्ता शेयर कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
कूल १७० कम्पनीको शेयर बढ्दा १९ कम्पनीको घटेको छ । मंगलबार अधिकांश फाइनान्स कम्पनी र विकास बैंकको शेयरमा सर्किट लागेको छ । सबैभन्दा धेरै कमाउनेमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । त्यस्तै पोखरा फाइनान्स र नेपाल फाइनान्सको सेयरमा समेत सर्किट लागेको छ ।
३ हजार २ सयबाट बजार धेरै तल झरेकोले शेयर बजार अब फेरि सोही उचाइतर्फ लागेको शेयर विश्लेषक एंव लगानीकर्ता नवराज अधिकारीले बताउँछन् ।