Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

हनुमन्ते सरसफाइ अभियान ८औँ हप्तामा

हनुमन्ते सरसफाइ अभियान ८औँ हप्तामा

काठमाडौं, ९ वैशाख । बाग्मती सरसफाई अभियान अन्तर्गतको हनुमन्ते सरसफाई अभियान आज ८औँ हप्तामा आइपुगेको छ । स्वच्छ र सुन्दर वातावरण बनाउने उद्देश्यका साथ गत फाल्गुनमा शुरु भएको सो अभियानले ८ औँ हप्तामा पुरा गरेको छ ।

सुर्य विनायक नगरपालीकाको नेतृत्वमा अघि बढेको सो अभियान अन्र्तगत शनिबार टीकाथलीको बुढाथोकी गाउँको पुल आसपास ४ सय मिटर खोला सफा गरिएको छ । उक्त सरसफाइ कार्यक्रममा कलाकार दिनेश डिसी, भक्तपुर जिल्ला क्षेत्र न २का प्रतिनिधी सभा सदस्य महेश बस्नेत र कलाकार सुरज चापागांईँ बान्दे्र लगायतको उपस्थिती रह्यो । साथै उक्त सरसफाइ अभियानमा सहगोय पु्याउन भक्तपुर जिल्ला जनपथ प्रहरीको ९० जनाको टोलीका साथै सुर्यविनायक नगरपालीकाको सशस्त्र प्रहरीका तर्फबाट २० जनाको टोली, युरासीया रेयुकाइ नेपाल बाट १७ जना, दिव्य ज्योती स्कुल लोकन्थली बाट ४३ जना लगायत फुलबारी फोहरमैला, ज्ञान विकास प्राली गठ्ठाघर लगायत स्थानियबासीहरुको समेत बाक्लो उपस्थिती रह्यो । यस अघि बैसाख १ गतेलाई हनुमन्ते सरसफाइ बर्ष घोषणा गरेपछि यस अभियानले तिब्रता पाएको हो ।

गरे सम्भव हुन्छ नगरे केहि हुदैन भन्ने नारालाई आत्मसाथ गर्दै हनुमन्ते सरसफाइ अभियान सय हप्तासम्म संचालन गरी नदि स्वच्छ र सुन्दर बनाइ नदिमा नुहाउन पौडी खेल्न लायक बनाउने आयोजकले जनाएको छ । यस अघि सो नदि हनुमन्ते नभइ ढलमन्ते र फोहरमन्ते भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण घटेर सोचे अनुरुप आर्थिक उन्नती हुन नसकेको बाग्मती सरसफाइ एवं निरन्तर सरसफाइ अभियानका संयोजक पुस्कल गजुरेलले बताए साथै फोहरमैलाका कारण बातावरण प्रदुषण भइ मानिसको स्वास्थ्यमा नराम्रो असर समेत परेको बताए । ८ औँ हप्ता अन्तर्गतको सरसफाइमा ११ टन फोहर निकालीएको र ९ औँ हप्तामा जडीबुटी मनहरा हनुमन्ते पुल नजिक हुने पनि उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x