हाम्रो विकास बैंकको ९औं वार्षिक साधारण सभा वैशाख ३१ गते, ७.३ प्रतिशत बोनस शेयर दिने

काठमाडौं, ९ वैशाख । हाम्रो विकास बैंकको संचालक समितिको वैशाख ८ गते बसेको बैठकले वैशाख ३१ गते ९औं वार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ । बैंकले उक्त साधारण सभामार्फत शेयरधनीहरुलाई ७.३० प्रतिशत बोनस शेयर र ०.३८३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको छ ।
बैंकले उक्त साधारण सभाबाट संस्थापकको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट २ जना रिक्त संचालकहरु नियुक्त गर्ने जनाएको छ । यस्तै बैंकले बोनस शेयर प्रयोजनको लागि वैशाख २० देखी ३१ गतेसम्मका लागि शेयर दर्ता किताव बन्द गर्ने भएको छ ।