Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

डलर महंगीयो, एक सातादेखी डलरको भाउ बढ्दै

डलर महंगीयो, एक सातादेखी डलरको भाउ बढ्दै

काठमाडौं, ९ वैशाख । गत साताबाट अमेरिकी डलरको मुल्यमा वृद्धि हुँदै गएको छ । एक अमेरिकी डलरको मुल्य १०४ रुपैयाँको आसपास विनिमय दर कायम भइ रहेकोमा गत सातादेखी माथि उक्लिएको छ ।

गत साताको मंगलबार एक अमेरिकी डलरको विनिमय दर नेपाल राष्ट्र बैंकले १०५.०९ रुपैयाँ तोकेको थियो । त्यस यता अमेरिकी डलरको मुल्य क्रमशः बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको मुल्य १०६.१० रुपैयाँ रहेको छ ।

डलर महंगो हुँदा नेपालले निर्यात, पर्यटन र विप्रेषणबाट फाइदा लिन सक्छ । आयातमुखी अर्थतन्त्र भएको कारण डलर महंगो हुँदा नेपालले फाइदा भन्दा पनि धेरै घाटा व्यहोर्ने हुन्छ । डलर महंगो हुँदा आयात गर्दा, विदेश भ्रमण, वैदेशिक शिक्षा, विदेशमा गरिने औषधि उपचारको लागि नेपाली रुपैयाँ धेरै खर्च हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x