Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मारवाडी महोत्सव वैशाख १५ गते हुने

मारवाडी महोत्सव वैशाख १५ गते हुने

काठमाडौं, ९ वैशाख । झापा मारवाडी समाज अन्र्तगतको महिला मञ्चले यहि वैशाख १५ गते शनिवार एकदिने काठमाडौंको भृकुटीमण्डपमा मारवाडी महोत्सव आयोजना गर्ने भएको छ ।

नेपालमा सदियौंदेखि मारवाडी बसोवास रहिआएको भएतापनि यस समुदायका चाडपर्व र उत्सवहरुमा बाहेक अन्य सार्वजनिक रुपमा मारवाडी कला, संस्कृति र परम्परा भेषभूषा प्रदर्शनी नभएको भन्दै मारवाडी कला, संस्कृति, भेषभूषा र परम्पराको प्रदर्शन, सम्बर्धन साथै जागरण फैलाउने उद्देश्य महोत्सवको रहेको आयोजकले जनाएको छ ।

उक्त महोत्सवमा मारवाडी समुदायमा लोकप्रिय राजस्थानी लोकनृत्य प्रदर्शन गरिनेछ । सांस्कृतिक कार्यक्रमका लागि राजस्थानबाट कलाकर्मी ल्याइने छ । महोत्सवमा सुफी संगीत र लांगा संगीतको मज्जा लिन पाइने छ । यसका साथै सारंगी, रावणहत्या, कामायाचा, मोर्चङ, र एकतारा जस्ता राजस्थानी लोकबाजाका साथ सांगीतिक प्रस्तुतिहरु हुने आयोजकले जनाएको छ ।

त्यसैगरी उक्त महोत्सवमा कठपुतली सो, फोटो प्रदर्शनी, वर्तनकला, ढोलातासा/नगरा, कच्चीघोडा स्वागत, भाला मसाल, सांस्कृतिक परम्परागत पोसाक, मारवाडी खाना, मारवाडी बस्तु र मारवाडी उपहारका सामानको स्टल मेलाका आकर्षण हुनेछन् ।

उक्त महोत्सवका दिन काठमाडौंको कमलादीस्थित गणेशस्थानबाट महोत्सव स्थलसम्म मारवाडी सांस्कृतिक झाँकीसिहतको -याली हुने आयोजकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x