Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रदेश नं १ मा आर्थिक सम्मेलनको आयोजना हुँदै

प्रदेश नं १ मा आर्थिक सम्मेलनको आयोजना हुँदै

काठमाडौं, १७ माघ । प्रेदश १ मा आर्थिक सम्मेलन आयोजना हुने भएको छ । आगामी फागुन १३ र १४ का दिन पाथवे टु प्रोस्पेरिटी प्रोभिन्स वान भन्ने थिममा प्रदेश नं १ स्तरिय आर्थिक सम्मेलनको आयोजनाका लागि उद्योग संगठन मोरङले बाह्रखरी मिडियासँग सहकार्य गरेको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

१६ माघमा धरानमा पत्रकार सम्मेलनको आयोजना गरि गल्फसगै प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासको आगामी मार्गचित्र तयार गर्ने उद्देश्यले सरकार, नीजि क्षेत्र, प्राज्ञिक क्षेत्र एवं मिडिया क्षेत्रको सहभागितामाबिराटनगरमा आर्थिक सम्मेलनको आयोजनाका गर्न लागिएकोे जानकारी गराइएको हो । प्रदेशको राजनीतिक संरचना स्थापित भएपश्चात प्रदेश नं १ सरकारले समग्र प्रदेश नं १ को आर्थिक एवं सामाजिक विकासका लागी दिर्घकालिन सोच “स्वच्छ, सुखी र समुन्नत प्रदेश” र “सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माण गर्ने” समष्टिगत लक्ष्य निर्धारण गरेको सन्दर्भमा यस सम्मेलनले प्रदेश सरकारको दिर्घकालिन सोचको र लक्ष्य प्राप्तिमा सघाउ पुग्ने विश्वास आयोजकको रहेको छ ।
सम्मेलनमा प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासका सम्भावनाहरु के के छन ? यस क्षेत्रको विकासका लागी हालसम्म के कस्ता प्रयासहरु भए ? कुन कुन क्षेत्रमा कस्ता नीति तथा कार्यक्रमहरु कार्यान्वयन गरिए ? र त्यस्ता नीति तथा कार्यक्रमहरुको उपादेयता कस्तोे रह्यो भन्ने बिषयमा बृहत छलफल गर्ने आगामी दिनमा अपनाउनु पर्ने नीति तथा कार्यक्रमहरुका बारेमा ठोस मुद्दा पहिल्याउने अपेक्षा आयोजकको रहेको छ ।

पूर्व अर्थ सचिव एवं उद्योग संगठनका बिशिष्ठ सल्लाहकार रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै संघिय सरकारका अर्थमन्त्री, प्रदेश सरकारका मन्त्रीहरु,विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहने गरि तयारी भइरहेको सम्मेलनमा प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्य रहनेछ । प्रदेश नं १ भरिका आर्थिक बिषय बस्तुहरुको उठानका लागी ५ ठाँउमा राउण्ड टेबुल बैठकहरुको आयोजना गरिदैछ । १७ माघबाट धनकुटाबाट शुरु भएको राउण्ड टेबुल, इलाम, बिर्तामोड, गाईघाट र लुक्लामा आयोजना हुने छ । यसरी सबै क्षेत्रबाट प्राप्त सुझावहरुलाई समेत आधार बनाई कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x