Shangrila

१४.४८ अंकले घट्यो शेयरबजार, ५ अर्ब १५ करोडको कारोबार

काठमाडौं, १७ माघ । साताको दोस्रो कारोबार दिन सोमवार शेयरबजार १४.४८ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.५० प्रतिशतले घटेर २८७१.०५ अंकमा आइपुगेको छ ।

सोमवार २२५ कम्पनीको १ करोड १० लाख ५ हजार ६६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

घटेको कारोबारमा फरवार्ड माइक्रोफाइनान्स कम्पनी र डब्ल्यूईएएन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यस्तै माउन्टेल हाइड्रो नेपालको शेयरमूल्य सर्वाधिक ३.४४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा भने हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ । यस कम्पनीको ५७ करोड १२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *