Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

११ वटा बीमा कम्पनी कारबाहीमा

११ वटा बीमा कम्पनी कारबाहीमा

काठमाडाैं, १८ माघ । नियामक निकाय बीमा समितिले ११ वटा बीमा कम्पनीहरुलाई कारबाही गरेको छ। आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन तयार नपार्ने ११ बीमा कम्पनीहरुलाई समितिले कारबाही गरेको हो।

कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेनस, गुराँस लाइफ इन्स्योरेन्स, आइएमइ लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । प्रत्येक कम्पनीलाई १० हजार रुपैयाँका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको छ।

यी कम्पनी मध्ये राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानले धेरै वर्षदेखि लेखापरीक्षण प्रतिवेदन तयार पार्न सकेका छैनन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *