स्थानीय तहको निर्वाचन बैशाख ३० मा हुने
काठमाडौँ, २४ माघ । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ । सरकारले अगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन बैशाख ३० गर्ने निर्णय गरेको शहरी विकासमन्त्री रामकुमारी झाक्रीले जानकारी दिइन् ।
आईतबार प्रधानमन्त्री शेरबहादुर देउवा र कानून मन्त्री दिलेन्द्र बडुले निर्वाचन आयोगसँगको परामर्शमा बैशाख ३० गते निर्वाचनको मिति तोक्ने तय गरेकाले सोमबारको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको उनले उल्लेख गरिन् ।
आइतबार सत्तापक्षका नेताहरुको प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छफफलमा पनि स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने सहमती बनेको थियो ।
स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधी आगामी जेठ ५ गते समाप्त हुने भएकाले उक्त समय भन्दा अगाडी नै स्थानीय तहको निर्वाचन मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको थियो ।
सो सिफारिसलाई स्वीकार्दै सरकारले सोमबारको निर्णयानुसार बैशाख ३० गते स्थानिय निर्वाचन तोकेको हो ।