आयोग स्थानीय तह निर्वाचनमा जुट्यो, मतदाता नामावली संकलन पनि आजदेखि रोकियो
काठमाडौं, २५ माघ । सरकारको वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणासँगै निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ । सरकारको घोषणासँगै आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । आयोगका अनुसार हिजो दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुनेछ ।
आयोगले हिजोकै निर्णयबाट आजदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो । यस्तै निर्वाचनका आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका सन्दर्भमा सबै स्थानीय तहसँग विवरण मागका लागि समन्वय गर्न आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरेको छ ।
स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनका लागि करिब दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न आवश्यक साम्रागीको विवरण माघ मसान्तभित्र अनिवार्य रूपमा आयोगमा उपलब्ध अनुरोध आयोगले अनुरोध गरेको छ ।