Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

एमसिसी कार्यान्वयन नहुँदै ४ अर्ब ४६ करोड खर्च

एमसिसी कार्यान्वयन नहुँदै ४ अर्ब ४६ करोड खर्च

काठमाडौं, २५ माघ । अमेरिकी सहयोगको आयोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसदबाट पास नहुँदा सम्झौता भएको ५ वर्ष वितिसक्दा पनि कार्यतालिका अनुरुप काम हुन सकेको छैन् । तर एमसीसी परियोजना कार्यान्वयनका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) ले ४ अर्ब ४६ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

त्यसमा नेपाल सरकारको २ अर्ब ६९ करोड र एमसिसीको १ अर्ब ७७ करोड रुपैयाँ खर्च भएको छ । विद्युत प्रशारण आयोजनाको पूर्वतयारीमा सबैभन्दा धेरै ३ अर्ब ४ करोड रुपैयाँ खर्च भएको छ। त्यसमा नेपाल सरकारको १ अर्ब ९७ करोड र एमसीसीको १ अर्ब ७ करोड रुपैयाँ खर्च भएको छ। यस्तै सडक मर्मत आयोजनामा नेपाल सरकारले ५ करोड रुपैयाँ र एमसीसीले ६ करोड रूपैयाँ खर्च भएको छ। त्यस्तै कार्यक्रम व्यवस्थापनमा ८० करोड रुपैयाँ खर्च भएकोमा नेपाल सरकारको ५४ करोड रुपैयाँ र एमसिसीको २६ करोड रुपैयाँ रहेको छ ।

खरिद, वित्त तथा लेखापरीक्षण क्रियाकलापमा एमसिसीको ३८ र नेपाल सरकारको १३ करोड गरी ५१ करोड रुपैयाँ खर्च भएको छ।

एमसीसी अन्तर्गतका प्रशाण लाइन एवम् सडक विस्तार परियोजनामा नेपाल सरकारले १३ करोड अमेरिकी डलर अर्थात करिब १५ अर्ब रुपैयाँ र एमसिसीले ५० करोड डलर अर्थात ५५ अर्ब रुपैयाँ विद्युत प्रशारण लाइन र सडक विस्तारमा लगानी हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x