Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

यूनियन लाइफको नयाँ पोलिसि जीवन आवरण बीमा योजना

यूनियन लाइफको नयाँ पोलिसि जीवन आवरण बीमा योजना

काठमाडौं, २५ माघ । यूनियन लाइफ इन्स्योरेन्सले नयाँ जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो ।
जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका र बीमा गर्ने ब्यक्ति बीमा अवधि सम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधि भित्र कालगतीले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था भएको बताइएको छ । यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभ वापत एक करोड सम्म र बोनस रकम उपलब्ध हुने कम्पनीले जनाएको छ ।
उक्त योजना लिन चाहनेहरुले न्युनतम एक लाख रुपैया देखि आयश्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने साथै न्युनतम ७ बर्ष देखि अधिकतम २५ बर्ष सम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको हो । उक्त बीमा योजना लिएका बीमितहरुले बीमालेख अन्तर्गत ऋण तथा सम्पुर्ण सुविधा प्राप्त गर्न सक्ने साथै सो योजनाका प्रावधानहरुबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बताएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x