Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

इमर्जिङ नेपाल लिमिटेडको आईपीओ निष्कासनमा

इमर्जिङ नेपाल लिमिटेडको आईपीओ निष्कासनमा

काठमाडौं, २६ माघ । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारण शेयर (आईपीओ) निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले निष्कान गर्न लागेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले भने बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा छिटोमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरे ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ । आवेदकले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x