एनसेलले घटायो सबै लोकल कलको महशुल दर
काठमाडौं, २९ माघ । प्रिपेड मोबाइल प्रयोगकर्ताले अब प्रति मिनेट मात्र १ रुपैयाँ ६२ पैसामा कल गर्न सक्ने भएका छन् ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक १ रुपैयाँ ९९ पैसा प्रति मिनेटबाट घटाई कर बाहेक प्रति मिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको हो ।
एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका हुन् ।
प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।
यो परिमार्जित नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले स्टार १७१०७ ह्यास्ट्रिक डायल गरि सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।
नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ । हामी आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय सेवा अनुभवका साथ उत्कृष्ट मुल्य प्रदान गर्न सदा प्रयासरत रहेको एन सेलले जनाएको छ ।
यो नयाँ महशुल दर २०७९ साउन २४ गते सम्म लागु रहने एन सेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।