दोहोरो अंकले नेप्से उकालो
काठमाडौं, ३ फागुन । यस फागुन महिनाको तेस्रो कारोबार दिन मंगलबार शेयरबजार उकालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५३.३ अंकले बढेर २७५४.२८ अंकमा आइपुगेको छ ।
मंगलबार २२४ कम्पनीको ४३ हजार ५ सय १९ शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६ सय १४ रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
क वर्गका कम्पनिको उपसूचक १०.८३ अंकले बढेर ५२२.१३ मा पुगेको छ । यो अघिल्लो दिनको कारोबार २.१२ प्रतिसतले बढी हो ।
१३ समुहका कम्पनीको उपसूचक मध्य लाईफ इन्सुरेन्स कम्पनीको १८७.०३ अंकले बढेर १५१०९.०५ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले सार्वजनीक गरेको विवरणमा छ ।