Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बोर्डमा अध्यक्ष नियुक्त हुँदै

बोर्डमा अध्यक्ष नियुक्त हुँदै

काठमाडौं, ३ फागुन । धितोपत्र बजारको नियमन गर्ने नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अध्यक्ष नियुक्तिका लागि प्रतिस्पर्धाबाट छानिएका ३ जनाको नाम मन्त्रिपरिषदमा पुगेको छ । तर अध्यक्षको नियुक्ति विवादरहित भने बन्न सकेको छैन ।

नयाँ अध्यक्षका लागि पुँजीबजारका तमाम समस्या समाधान गर्नुपर्ने चुनौती भएसँगै अध्यक्ष नियुक्त भएबापत गरिएका सम्झौता पूरा गर्नुपर्ने बाध्यता पनि छ । अहिले चर्चामा रहेको बिषय भने नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको हो । नयाँ स्टक एक्स्चेञ्ज र ठूलो संस्यामा ब्रोकर लाईसेन्स वितरण गर्ने कमिटमेन्ट पछि नयाँ अध्यक्ष नियुक्त हुने बाटो खुला भएको हो ।

बोर्डमा अध्यक्ष कसलाई नियुक्त गर्ने भन्ने सम्पूर्ण अधिकार प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणामा रहेको छ । यस अघि नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत नियुक्ती अर्थमन्त्री एवं सरकारमा सम्मिलित दल माओवादीको कोटामा परेका कारण धितोपत्र बोर्डको अध्यक्ष भने नेपाली कांग्रेसको कोटामा परेको हो । सोही अनुरुप बोर्डको अध्यक्षमा अहिलेनै रमेश हमाल नियुक्त हुने निश्चितजस्तै भैसकेको छ ।

अध्यक्ष पदका लागि १५ जना व्यक्तिले आवेदन दिएका थिए । जसमध्ये ५ जनाको सर्ट लिस्ट गर्ने जिम्मा विज्ञको रुपमा बोर्डकै पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई दिइएको थियो । उनले पनि ५ जनाको लिस्टमा हमाललाई राखेर सिफारिस गरेका थिए ।

सोही अनुरुप सोमबार बसेको सिफारिस समितिले ५ जनाबाट ३ जना सिफारिस गरेको छ । जसमा हमाल सहित कृष्णराज पोखरेल र डा. गोपाल भट्ट रहेका छन् ।

बोर्डका तत्काल अध्यक्ष भिष्म ढुंगानालाई पदमै रहेर स्वार्थ बाझिने गरी छोरीको नाममा सेयर किनेको भन्दै बर्खास्ती गरिएको थियो । त्यसयता उक्त पद खाली रहँदै आएको छ । अब बस्ने मन्त्रिपरिषद्को बैंठकले बोर्डको अध्यक्ष नियुक्त गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x