Shangrila

सुनचाँदीको मूल्य वृद्वि रोकिएन

काठमाडौं, ०३ फागुन । साताको तेस्रोे दिन मंगलबार सुनचाँदीको मूल्य वृद्वि भएको छ । सोमबार सुन ९५ हजार ५०० मा कारोबार भएको र चाँदीको १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको तेस्रोे दिन मंगलबार छापावाला सुन प्रतितोला ९६ हजार ७ सय र चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जानकारी गराएको हो ।

नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको विवरण अनुसार छापावाला सुनमा प्रतितोला मंगलबार १ हजार २ सय र चाँदी २० रुपैयाँले वृद्वि हुन आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *