स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी आवश्यक
काठमाडौं, ५ फागुन । स्थानीय तहको आगामी निर्वाचनका लागि एक लाख म्यादी प्रहरी आवश्यक पर्ने अनुमान गरिएको छ । प्रहरी प्रधान कार्यालयले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वानचको लागि करिब एक लाख बढी म्यादी प्रहरी आवश्यक पर्ने अनुमान गरेको छ ।
प्रहरी पधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता विष्णुकुमार केसीले देशभर एकै चरणमा चुनाव गर्दा धेरै म्यादी प्रहरी आवश्यक हुने हुँदा सोही अनुसार तयारी भइरहेको अर्थको अर्थलाई जानकारी दिए ।
निर्वाचनका लागि भर्ना हुने म्यादी प्रहरीले ५० दिनको सेवा सुविधान पाउने छन् । यस अघि २०७४ को निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । उक्त समयमा सरकारले दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरेको थियो ।