सुनचाँदीको मूल्य वृद्वि
काठमाडौं, ०५ फागुन । साताको पाचौँ दिन बिहिबार सुनचाँदीको मूल्य वृद्वि भएको छ । सुनमा १ हजार र चाँदीमा १० रुपैयाँको दरले वृद्वि भएको हो ।
साताको पाचौँ दिन बिहिबार छापावाला सुन प्रतितोला ९६ हजार १ सय र चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जानकारी गराएको हो ।
बुधबार छापावाला सुन प्रतितोला ९५ हजार १ सय र चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।