सबै मतदान केन्द्रमा सञ्चार सुविधा हुनुपर्ने निर्वाचन आयोगको माग
काठमाडौं, १० फागुन । स्थानीय तहको निर्वाचनका लागि निर्धारण हुने सबै मतदान केन्द्रमा सञ्चार सुविधा पु¥याउनुपर्ने निर्वाचन आयोगले माग गरेको छ ।
वैशाख ३० गतेका लागि निर्धारण भएको चुनावका लागि हुने मतदानका हरेक केन्द्रमा इन्टरनेट तथा फोन सुविधा उपलब्ध हुनुपर्ने निर्वाचन आयोगले बताएको छ ।
भयरहित तथा सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सञ्चार सुविधा अनिवार्य रहेको आयोगको ठहर छ ।
निर्वाचनको क्रममा कुनै हुलदंगा भएमा नजिकैको ठाउँसम्म सम्पर्कका लागि सञ्चार सुविधा आवश्यक हुन्छ । तर हाल कुल मतदान केन्द्रको आधा ठाउँमा पनि सञ्चार सुविधा उपलब्ध छैन ।
अहिले रहेका १० हजार सात सय मतदान केन्द्रमध्ये जम्मा ५ हजार केन्द्रमा मात्र सञ्चार सुविधा उपलब्ध छ । बाँकी ५० प्रतिशत केन्द्रमा अबको तीन महिनाभित्र सञ्चार सुविधा विस्तार गर्नुपर्ने आयोगको तर्क छ ।
सूचना आदानप्रदान, स्वच्छ र भयरहित वातावरणका लागि सुविधा आवश्यक पर्ने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
आयोगले सञ्चार सुविधाको माग गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई व्यवस्थापनका लागि निर्देशन दिइसकेको छ ।
प्राधिकरणले निर्वाचन अघि नै सञ्चार सुविधा पु¥याउन कठिन नभएको बताएको छ ।
द्रुत प्रविधिको विकास भएपनि त्यसलाई ल्याउने विधि अहिलेको व्यवस्था अनुसार जाँदा सामय लाग्ने प्राधिकरणको बुझाइ छ । प्राधिकरणले सरकारसँग नियम कानूनमा खुकुलो व्यवस्था गर्नुपर्ने बताएको छ ।
सेवाप्रदायीहरू मार्फत नै काम गर्दा पनि उनीहरूलाई निर्देशन दिएको जस्तो दिन मिल्दैन । अहिलेको व्यवस्था अनुसार निश्चित समय राखेर खुला सार्वजनिक आव्हान गर्नुपर्छ। स्थापित व्यवस्था अनुसार जाँदा प्रक्रियामै समय धेरै लाग्ने भएकाले निर्वाचन अघि सुविधा विस्तार गर्न समय लाग्नसक्ने प्राधिकरणले मन्त्रालयलाई ब्रिफिङ गरेको छ ।
यद्यपि सरकारले निर्वाचन विशेषका लागि भनेर फरक निर्णय गरेर प्रक्रिया सहज बनाएको अवस्थामा सुविधा विस्तारमा कुनै ढिलाइ नहुने प्राधिकरणले प्रष्ट पारेको छ ।
मतदान केन्द्रसम्म इन्टरनेट, फोनको सुविधा पु¥याउन सकिने प्राधिकरणले जानकारी दिएको छ । नियमनमा खुकुलो भएमा प्राधिकरण सेवाप्रदायक मार्फत प्रविधि सेवाको विस्तार गर्नसक्ने छ ।