पर्यटन प्रवद्र्धनमा दुई देशसँग सहकार्य
काठमाडौं, १४ फागुन । नेपालको पर्यटन प्रवद्र्धन तथा अन्य सहकार्यका विषयमा नेपाल पर्यटन बोर्ड तथा इजरायली र रुसी प्रतिनिधीबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुवै देश बीच आपसी सहकार्यका बारेमा छलफल भएको हो ।
नेपाल र इजरायल बीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र नेपालका लागि इजरायली दुतावासका डेपुटी चीफ अफ मिसन ताल स्वार्तमान बीच रुसी प्रतिनिधीहरु सहित भेटवार्ता भएको हो ।
नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै नेपाल र इजरायबीच लामो सम्बन्ध देखि सम्बन्ध रही आएको उल्लेख गर्दै दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्न सकिने कुरामा जोड दिइएको छ ।
भेटका क्रममा दुवैदेशका कुटनीतिक व्यक्ति, सेलिब्रेटी,सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो ।
सो अवसरमा बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. रेग्मीले इजरायलबाट लामो समय देखि नेपालका विभिन्न क्षेत्रमा सहयोग प्रदान भईरहेको उल्लेख गर्दै पर्यटनका क्षेत्रमा समेत इजरायलसँग मिलेर काम गर्न सकिने बताए । उनले कोभिडको संक्रमण क्रमशः घट्ै गएकोले विस्तारै नेपालको पर्यटनले गतिलिने बताउँदै इजरायललााई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न समेत आग्रह गरे ।
नेपालका लागि इजरायली दुतावासका डेपुटी चीफ अफ मिसन ताल स्वार्तमानले नेपाल विश्वकै सुन्दर मुलुक भएको र यहाँ पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै नेपालको समग्र आर्थिक विकासमा इजरायल सधैं तयार रहेको बताए । उनले पर्यटक खोज तथा उद्धारको क्षेत्रमा समेत इजरायको अभ्यास राम्रो रहेकोले त्यस क्षेत्रमा आपसि सहयोग र सहकार्य गर्न सकिने धारणा राखे ।
कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने,निमित्त निर्देशक लक्ष्मण गौतम लगायतले दुवै देशबीचको सांस्कृतिक तथा पर्यटकीय अनुभव आदान प्रदान गर्न सके यसबाट दुवै देशले फाइदा लिन सक्ने बताए ।
यस्तै नेपाल पर्यटन बोर्ड र स्थित रसियन दुतावासका वाणिज्य प्रतिनिधिहरुबीच नेपाल पर्यटन बोर्डमा भेटवार्ता भएको छ । भेटवार्तामा दुवै पक्षले आपसी सहकार्यमा दुवै देशबीच पर्यटन प्रवद्र्धन तथा अन्य क्षेत्रमा सहकार्य गर्न सकिने कुरामा जोड दिए ।