६ महिनामा वैदेशिक सहायता प्रतिवद्धता ४० प्रतिशत खुम्चियो
काठमाडौं, १४ फागुन । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपालले मात्र १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू वर्षको ६ महिनामा नेपालले प्राप्त गरेको वैदेशिक सहायता प्रतिवद्धता ४०.९ प्रतिशतले खुम्चिएको छ । गत वर्षको ६ महिनामा नेपालले कूल १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ बराबरको आर्थिक सहायता प्रतिवद्धता प्राप्त गरेको थियो ।
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) स्वीकार गर्ने व नगर्ने भन्नेमा वहस भइरहेका बेला त्यस्को असर नेपाल भित्रने वैदेशिक सहायतामा परेको अनुमान गरिएको हो ।