एनएमबिका ग्राहकहरुलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा विशेष सहुलियत
काठमाडौं, १६ फागुन । एनएमबि बैंकले जावलाखेल स्थीत सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ । उक्त समझदारी अनुशार अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराईएको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधी खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक श्री रीचा श्रेष्ठले हस्ताक्षर गरे । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।